०६ असार २०८३, शनिबार

ललितपुरमा ९ महिनादेखि कल सेन्टरमार्फत सट्टेबाजी

पुस २३, २०८१
काठमाडौं
ललितपुरमा ९ महिनादेखि कल सेन्टरमार्फत सट्टेबाजी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार राति ललितपुरको सातदोबाटोबाट पक्राउ गरेका ५३ जना मध्ये मुख्य ७ जनाले नेपालमा विगत नौ महिनादेखि कल सेन्टरमार्फत सट्टेबाजी गर्दै आएको तथ्य खुलेको छ ।  

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार यो गिरोहले प्रोलिंक टेक सोलुसन प्रालि सञ्चालन गरेर त्यहाँबाट कल सेन्टर चलाउँदै आएका थिए ।

कल सेन्टरबाट सिंगम लट्री, आना लट्री, भाउ लट्री र इन्डसवेट लट्री लगायत ग्याम्ब्लिङ एपमार्फत सट्टेबाजी गराउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले पक्राउ परेका ५३ मध्ये सात जनाविरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ ।

एसपी बोगटीका अनुसार भारत मोतिहारीका मनीषकुमार झा र गुजरातका राहुल मेगोडासहित अन्य पाँच जना नेपालीहरू क्रमशः ओखलढुंगाका मोनी दाहाल, सिन्धुपाल्चोककी सुष्मिता नेपाली, काठमाडौं–३५ का आदित्यकुमार सिंह, झापा दमकका रोशन बस्नेत र काभ्रेकी सलिन श्रेष्ठलाई अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । 

पक्राउ मध्ये भारतीय नागरिक टिम लिडर थिए भने मेगोडा ट्रनिङ मेनेजर थिए ।

दाहाल एचआर मेनेजर, नेपाली इन्चार्ज, बस्नेत मेजेजर, सिंह आईटी सपोर्ट र श्रेष्ठ सबैको टिम लिडर थिए ।

यो गिरोह मध्येका भारतीय नागरिकद्वय झा र मेगोडा यस्तै अभियोगमा यसअघि सात देशमा सट्टेबाजीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘यो गिरोहले गेम्लिङ एपको दुरुपयोगगरी अनलाइन प्ल्याटफर्मफेयरगेम्स डट स्लारटेक डट ईन मार्फत ह्वाट्सएसमा कुराकानी गरेर डिजिटल वालेटमा रकम जम्मा गर्न लगाउँदै आएका थिए,’ एसपी बोगटीले भने, ‘अहिले पनि यस्ता कलसेन्टरमार्फत सर्वसाधारणलाई झुक्यानमा पारेर सट्टेबाजी गराएको हुनसक्ने भएकाले सीआईबीमा सूचित गर्न अनुरोध गर्दछु ।’

प्रहरीले यो गिरोहबाट ८५ थान ल्यापटप र ९६ वटा मोबाइल प्रहरीले बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्