०७ असार २०८३, आइतबार

एमालेले भन्यो– सबै प्रकरणको भ्रष्टाचारमाथि यथाशीघ्र छानबिन गरियोस्

पुस २३, २०८१
काठमाडौं
एमालेले भन्यो– सबै प्रकरणको भ्रष्टाचारमाथि यथाशीघ्र छानबिन गरियोस्

सत्तारुढ नेकपा एमालेले भ्रष्टाचारका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गर्न सरकारसँग माग गरेको छ । 

तीन दिनसम्म बसेको बैठकले अनियमिततामा मुछिने जो सुकैविरुद्ध पनि निर्मम भएर सबै प्रकरणमाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार गर्नेमाथि निर्मम भएर कारबाही गर्न सरकारसँग माग गरेको जानकारी दिए ।

‘यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरुपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधन स्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरुद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरूको रकम सुरक्षित साथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जो सुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन केन्द्रित रह्यो,' बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गर्दछ । र, आफ्नो पङ्क्तिमा सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ सङ्कल्प गर्दछ ।’

कमेन्ट गर्नुहोस्