०२ साउन २०८३, शनिबार

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने निर्णय

पुस २३, २०८१
काठमाडौं
सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने निर्णय

सरकारले सशस्त्र प्रहरीका चार जना डीआईजीको पदावधि थप गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

सशस्त्र प्रहरी नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा दिएको छ । सोही आधारलाई टेकेर मन्त्रिपरिषद्ले निर्णय गरेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्