
हारारे, ३० कात्तिक - जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको जिन्दगीमा अहिलेसम्म दश मुख्य आरोह अवरोह भएका छन् ।
फेब्रुअरी २१, १९२४ मा मुगावेको जन्म सालिसबुरीको कुतामा मिसनमा बस्ने क्याथोलिक परिवारमा भएको हो । 
सन् १९६० मा विद्यार्थी र शिक्षकको रुपमा देश बाहिर क्रियाशिल भइरहेको बेला रहोमेसीआ फर्किनुभयो र उपनिवेस विरुद्ध लड्नका लागि नेश्नल डेमोक्र्याटीक पार्टीमा आवद्ध हुनुभयो । त्यो पार्टी सन् १९६१ मा प्रतिबन्धित भएपछि मुगावेले जोसुआ कोमोको जिम्बाव्बे अफ्रिकी पिपुल्स युनियनमा आवद्ध हुनुभयो ।
सन् १९६४ देखि ७४ सम्म मुगाबे राष्ट्रबादी गतिविधिहरुका कारण हिरासतमा रहनु प¥यो । हिरासतमुक्त भएपछि भने उहाँले प्रतिबन्धित जेएएनयुुलाई नेतृत्व दिनुभयो । स्वेत शासक इआन स्मिथका विरुद्धमा संघर्ष सुरु गर्नुभयो । सन् १९७२ देखि ७९ सम्ममा २७ हजार जनाको मृत्यु भयो ।
अप्रिल १८, १९८० मा १९६५ देखि एक पक्षीय रुपमा ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरिएको रहोडेसीआलाई पूर्ण रुपमा स्वतन्त्र भएको घोषणा गरियो र जिम्बाबे नामाकरण गरियो । मुगाबे प्रधानमन्त्री बन्नुभयो भने अर्का नेता कोमो गृहमन्त्री बन्नुभयो ।
फेब्रुअरी १९८२ मा कोमोलाई मुगाबे विरुद्ध लागेको अरोपमा हटाइयो । त्यसको एक बर्षपछि भएको हिंसाका कारण २० हजार जनाको मृत्यु भयो ।
डिसेम्बर १९८७ मा मुगाबे संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति बन्नुभयो ।
फेब्रुअरी २००० मा पनि संविधान पुर्ननिर्माण भयो ।
मार्च २००८ मा विपक्षी नेता मोर्गान टीस्भाङीराईसँग मुगाबे पहिलो चरणमा राष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्नुभयो । उहाँ फेरी निर्वाचित हुनुभयो ।
डिसेम्बर २०१४ मा मुगाबेले आफुलाई सफल बनाउन सघाउनेहरुलाई बेवास्ता गरेर आफ्नो दोस्रो श्रीमती ग्रासलाई जेडएएनयु पीएफ पार्टीको अध्यक्षका रुपमा मनोनयन गर्नुभयो ।
नोभेम्बर १५, २०१७ मा उहाँलाई सेनाले घरमै नजरबन्दमा राखेको छ ।