१२ असार २०८३, शुक्रबार

मुगाबेकी पत्नीको चमकदमक, हीरा बेचेर ल्याइन् तीन हजार जोडी जुत्ता

मुगाबेकी पत्नीको चमकदमक, हीरा बेचेर ल्याइन् तीन हजार जोडी जुत्ता

काठमाडौं, १ मंसिर — जिम्बाब्वेमा सेनाले राष्ट्रपति रोबर्ट मुगाबेलाई नजरबन्दमा राखेपछि उनकी पत्नी ग्रेस मुगाबे नामिबियातिर भागेको खबर छ । 

मुगाबेभन्दा ४१ वर्ष कान्छी ग्रेस विलासी जीवनशैलीका लागि चिनिन्छिन् । महंगा पार्टीहरू र लाखौं रुपैयाँको शपिङ उनको विशेषता नै हो । 

गरीबी र भोकमरीबाट ग्रस्त जिम्बाब्वेमा ग्रेसको विलासिताको चर्चा हुने गर्छ । 

विकिलिक्सको रिपोर्टअनुसार, ग्रेसले चियादजवा हीराखानीबाट हीरा निकाल्नका लागि व्यक्तिगत टोली गठन गरेकी थिइन् ।

यो टोलीले लुकीछिपी ग्रेसलाई हीरा उपलब्ध गराउँथ्यो । यिनै हीराबाट ग्रेसले थुप्रै पैसा कमाइन् र विलासितामा उडाइन् । 

यही रकमबाट उनले लगभग तीन हजार स्टाइलिश जुत्ता र महंगा कपडा किनेको आरोप छ । 

सन् २०१४ मा ग्रेसकी छोरीको भव्य बिहेमा लगभग ४२ करोड रुपैयाँ खर्च भएको थियो र यो सरकारी खर्च थियो ।

दक्षिण अफ्रिकामा मुगाबेका थुप्रै विलासी भवनहरू छन् जहाँ ग्रेस छुट्टी बिताउन जान्छिन् । हालै उनले तीन लाख पाउन्ड पर्ने रोल्स रोयस गाडी पनि किनेकी थिइन् । 

ग्रेस पहिला मुगाबेको कार्यालयमा टाइपिस्ट थिइन् । केही समयमा नै रोबर्ट मुगाबेले उनलाई सेक्रेटरी बनाए । 

यसैबीच दुईजना नजिकिँदै गए र सन् १९९६ मा बिहे गरे । मुगाबेकी प्रथम पत्नीको मिर्गौला फेल भएर मृत्यु भएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्