
काठमाडौं, १ मंसिर — वैवाहिक सम्बन्ध एकदमै संवेदनशील हुन्छ । यसलाई सम्हाल्नका लागि धेरै प्रयत्न गर्नुपर्छ ।
जति प्रयास गरेपनि वैवाहिक जीवनमा केही न केही समस्या आइहाल्छ । ती समस्याका समाधानका केही उपाय यहाँ हामी बताउँदैछौं ।
जानीनजानी गरिएका ससाना गल्तीले वैवाहिक जीवनमा अप्ठ्यारो स्थिति ल्याउँछ ।
श्रीमान् र श्रीमतीको सपना तथा महत्त्वाकांक्षाको टक्करले पनि वैवाहिक जीवन खराब बनाइदिन्छ ।
श्रीमान् श्रीमतीका बीचमा तेस्रो व्यक्तिले दख्खल दिँदा पनि सम्बन्धमा खराब असर पर्छ ।
एकअर्कालाई बुझ्ने र सम्मान गर्ने तथा निरन्तर संवाद गर्ने गर्दा पनि वैवाहिक सम्बन्ध सुमधुर रहन्छ ।
यसबाहेक केही शास्त्रीय तरिका अपनाउँदा पनि वैवाहिक सम्बन्धमा सकारात्मक असर पर्छ ।
पत्नीले जहिले पनि पतिको देब्रेतर्फ सुत्नुपर्छ ।
सुत्नका लागि बेग्लाबेग्लै सिरानी नभई एउटै लामो तकिया प्रयोग गर्नुहोला ।
दुईजनालाई बेग्लाबेग्लै सिरक प्रयोग नगर्नुस् ।
शयनकक्षको रंग हल्का गुलाफी वा हल्का हरियो भएको राम्रो हुन्छ । गाढा रंगको प्रयोग गर्दै नगर्नुस् । पहेंलो वा पहेंलोजस्तो देखिने रंग कुनै हालतमा प्रयोग नगर्नुस् ।
शुक्रवार पतिपत्नीले एकसाथ फूल किन्नुस् । किन्दाखेरी सधैं गुलाफ वा सेतो फूल किन्नुस् । ती फूलहरूलाई ओछ्यानको टाउकोपट्टिको भागमा राख्नुस् ।
पतिपत्नीले सुत्दा पूर्व वा दक्षिण दिशातर्फ शिर राखेर सुत्नुस् । गोडातर्फ पानी बगेको ठूलो तस्वीर झुण्ड्याउनुस् ।
एजेन्सी