१८ असार २०८३, बिहीबार

यसरी बनाउनुस् गाजरको हलुवा

यसरी बनाउनुस् गाजरको हलुवा

काठमाडौं, १ मंसिर — गाजरको हलुवा खान कसलाई मन नलाग्दो हो ? जाडोमा त घरमै बसेर गाजरको हलुवा खान मज्जा आउँछ । यहाँ हामी गाजरको हलुवा बनाउने सजिलो उपाय बताउँछौं । 

सामग्री
पाँचवटा गाजर
एक कप दूध
आधा कप चिनी
आधा कप खुवा
सातवटा बदाम
आठवटा किसमिस
आठवटा काजु
पाँचवटा पिस्ता
पाँचवटा पिँधिएको अलैंची

विधि
गाजर खुर्केर धुनुस् र कोर्नुस् । 

एउटा कराही आगोमा राख्नुस् । त्यसमा दूध हालेर कोरिएको गाजर राखेर मधुरो आगोमा पकाउनुस् । 

दूध र गाजरलाई ठूलो चम्चाले हल्लाइरहनुस् । 

गाजरको पानी सुकेर दूध गाढा भएपछि मज्जाले मिसिन्छ । त्यसपछि गाजरमा चिनी र घिउ हालेर मज्जाले मिसाउनुस् । 

गाजर पाकेर सबै पानी सुकेपछि खुवा मिसाएर चलाउनुस् । 

हलुवामा बदाम, किसमिस, काजु, पिस्ता र अलैंची हाल्नुस् र एकछिन अझै पकाउनुस् । 

आगो बन्द गर्नुस् ।

स्वादिलो गाजरको हलुवा तयार भयो । तात्तातो पस्किनुस् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्