१५ असार २०८३, सोमबार

नोभाक जोकोभिचको दाबी- अष्ट्रेलियामा विषाक्त खाना दिइयो

पुस २७, २०८१
काठमाडौं
नोभाक जोकोभिचको दाबी- अष्ट्रेलियामा विषाक्त खाना दिइयो

टेनिस खेलाडी नोभाक जोकोभिचले मेलबर्नको एक होटलमा आफूलाई विषाक्त खाना दिइएको दाबी गरेका छन् । एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले यस्तो दाबी गरेका हुन् । 

'मैले महसुस गरें कि मेलबर्नको होटलमा मलाई केही यस्तो चीज खुवाइएको थियो जुन मेरो लागि विषाक्त थियो। मैले वास्तवमा धेरै धातु खाएको थिएँ। मैले धेरै सिसा खाएको थिएँ,' उनले भनेका छन् ।

१० पटकका च्याम्पियन सर्बियाली टेनिस खेलाडी जोकोभिचको कोरोना खोप नलगाएको कारणले २०२२ मा भिसा रद्द गरिएको थियो । यसपछि उनलाई अष्ट्रेलियाको मेलबर्न शहरबाट निकाला गरिएको थियो । 

अस्ट्रेलियाली सरकारले देशका जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै नोभाक जोकोभिचको भिसा रद्द गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्