०६ असार २०८३, शनिबार

मकवानपुरमा स्कारपियो दुर्घटना, ८ जना घाइते

पुस २७, २०८१
काठमाडौं
मकवानपुरमा स्कारपियो दुर्घटना, ८ जना घाइते

मकवानपुरको मनहरीमा कार र स्कारपियो एक आपसमा ठोक्किँदा चालकसहित आठ जना गम्भीर घाइते भएका छन्।  

मनहरी गाउँपालिका–४ स्थित सडकखण्डमा शनिबार दिउँसो दुर्घटना भएको हो।

तीव्र गतिका कारण स्कारपियो र विपरीत दिशाबाट आएको कार ठोक्किँदा दुवै सवारी साधनमा सवार व्यक्तिहरू घाइते भएका हुन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडास्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

केहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।  

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्