०४ साउन २०८३, सोमबार

टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला

पुस २८, २०८१
कैलाली
टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला

 टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको  छ । 

टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क रु २० राख्ने निर्णय  भएको जानकारी दिए । 

उनले भने, “उद्यान घुम्न आउने अधिकांशले तत्कालीन राजा वीरेन्द्र बसेको घर कस्तो छ भनी हेर्न इच्छुक  व्यक्त गर्ने भएकाले बाटिका सर्वसाधारणको अवलोकनका लागि आगामी माघ महिनादेखि खुला गर्न लागेका हौँ ।” विसं २०४३ मा बनेको वीरेन्द्र विश्राम बाटिकामा १२  कोठा छन् । तत्कालीन समयमा तत्कालीन राजा वीरेन्द्र बेला बेलामा टीकापुर आउँदा यही बाटिकामा बस्ने गरेको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्