१० असार २०८३, बुधबार

शान्ति सुरक्षाको माग गर्दै कवाड व्यवसायीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र​

पुस २८, २०८१
काठमाडौं
शान्ति सुरक्षाको माग गर्दै कवाड व्यवसायीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र​

कवाड व्यवसायी संघर्ष समिति काठमाडौंले शान्ति सुरक्षाको माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई दु:ख दिने र अराजक गतिविधि गर्दै डोजरले घर पनि भत्काउने गरेकाले शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाइएको ​मितिका अध्यक्ष रामकेवल गुप्ताले जानकारी दिए ।​

‘काठमाडौं महानगरले वातावरण फोहोर गरेको, आगलागी घटना बढाएको, चोरीका घटना बढाएको जस्ता झुटा आरोप लगाएर महानगरपालिकाले कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ ।​ कवाड व्यवसायीका समान जफत गरेको अवस्था छ । व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको छ,’ समितिले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । 

गुप्ताको नेतृत्वमा ज्ञापनपत्र बुझाउन पुगेको टोलीमा कवाड व्यवसायीका नेताहरू सरोज श्रेष्ठ, सुरेश साह, कृष्ण यादव, श्याम यादवलगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्