१० असार २०८३, बुधबार

नेकपा विप्लवका चार कार्यकर्ता पक्राउ

नेकपा विप्लवका चार कार्यकर्ता पक्राउ

धनगढी, १ मंसिर- निर्वाचन विरोधी गतिविधि गरेको भन्दै कैलालीमा नेपाल कम्युनिष्ट पार्टी  विप्लवका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले नेपाल कम्युनिष्ट पार्टी विप्लवका जिल्ला इञ्चार्ज रामप्रसाद चौधरी, क्षेत्रीय ब्यूरो सदस्य प्रकाश मल्ल, भूमिहीन सुकुम्वासी संघका केन्द्रीय उपाध्यक्ष मीनराज गिरी र तपेन्द्र रसाइलीलाई बिहीबार पक्राउ गरिएको जानकारी दिनुभयो । दुई जनालाई टीकापुरबाट र दुई जनालाई हसुलियाबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

देशका विभिन्न जिल्लामा उम्मेदवारलाई लक्षित गरी बम विस्फोटन जस्ता घटना बढ्दै जान थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दिनअघि मात्रै यहाँ भएको निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठीमा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्