११ असार २०८३, बिहीबार

दुई चक्कामा कुद्यो ट्रक (भिडियो सहित)

दुई चक्कामा कुद्यो ट्रक (भिडियो सहित)

काठमाडौं, १ मंसिर — सामाजिक सञ्जालमा आजकल एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एउटा ठूलो ट्रक जम्मा दुई चक्कामा कुदिरहेको देख्न सकिन्छ । 

कुनै खराबीले गर्दा नभई चर्को हावा चलेका कारण ट्रकको यस्तो हालत भएको हो । हावा चलेको दिशाभन्दा विपरीत दिशामा गाडी गइरहेकाले चालकले गाडीलाई नियन्त्रणमा राख्न असहज भएको थियो । 

यस्तो अवस्थामा ट्रक पल्टिने र किनाराका रेलिङमा ठोक्किने सम्भावना पनि थियो । लामो समयपछि ट्रक नियन्त्रणमा आयो तर फेरि पनि दुई चक्कामा गुड्न थाल्यो । लामो समयसम्म यस्तो भइरह्यो । 

यो भिडियो कहाँ कसले खिचेको हो थाहा हुन सकेन । तर भिडियोलाई ३० लाखभन्दा बढीले हेरिसकेका छन् । 

हेरौं भिडियो :

salt training

कमेन्ट गर्नुहोस्