१५ असार २०८३, सोमबार

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायलका प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन संवाद, के भयो कुराकानी ?

पुस २९, २०८१
काठमाडौं
अमेरिकी राष्ट्रपति बाइडेन र इजरायलका प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन संवाद, के भयो कुराकानी ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग गाजा युद्धविराम र बन्धकहरूको रिहाइमा जारी वार्ताबारे कुरा गरेका छन्।

यो वार्ता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा भएको बीबीसीले जनाएको छ । 

ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाएका मानिसहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए।

राष्ट्रपति बिडेनले गाजामा मानवीय सहायता बढाउनु पर्ने आवश्यकताबारे पनि कुरा गरेका छन्।

नेतान्याहुले आफूले वार्ताका लागि कतारमा वरिष्ठ प्रतिनिधिमण्डल पठाएको बताएपछि यो वार्ता भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्