१० असार २०८३, बुधबार

माघ २ गते प्रदेशले दियो सार्वजनिक बिदा

पुस २९, २०८१
बुटवल
माघ २ गते प्रदेशले दियो सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक विदा दिँदै आएको छ ।

यस वर्ष पनि माघे सङ्क्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्