०५ असार २०८३, शुक्रबार

“विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य”

“विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य”

भक्तपुर, १ मंसिर - जिल्लाको विकासमा सञ्चार जगतको महत्वपूर्ण भूमिका भए पनि स्थानीय तहले सञ्चार जगतलाई बेवास्ता गर्दा विकासका समाचार छायाँमा परेको भक्तपुरका सञ्चारकर्मीले बताएका छन् । 

भक्तपुरमा आज अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले आयोजना गरेको “विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य” विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सो बताएका हुन् । 

सो अवसरमा भक्तपुर जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले जिल्लाको विकासमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेपनि समन्वय हुन नसक्दा समाचार छायाँमा परेको बताउनुभयो । 

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले समयमै कानून पास नहुँदा र अधिकार नपाउँदा स्थानीय तहले काम गर्न नसकेको चर्चा गर्दै जनताको करको बजेट जनताको विकासका लागि खर्च गर्ने भनिए पनि स्थानीय तहले प्रभावकारी रुपमा काम गर्न नसकेको बताउनुभयो । 

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले दलको चुनावी घोषणा पत्रमा विकासका कुरा अग्रपंक्तिमा हुने भए पनि व्यवहारमा विकास हराउने गरेको बताउँदै सञ्चार जगतले त्यस्ता विषयलाई उठाउने गरेको धारणा व्यक्त गर्नुभयो । 

गैरसरकारी महासंघ भक्तपुरका सचिव सोम शर्मा बजगार्इंले पत्रकारले समाचार लेखेर विकास नहुने प्रतिक्रिया दिँदै पत्रकार समन्वयकर्ता मात्रै भएको बताउनुभयो । 

क्रियाशील पत्रकार मञ्चका जिल्ला अध्यक्ष रमेश गिरी, लोकतान्त्रिक छापा सञ्जाल माध्यमका जिल्ला अध्यक्ष पेशल आचार्य, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष कबिता थापा, पत्रकार राम तमखु, मानवअधिकार सञ्जाल जिल्ला अध्यक्ष रोशनराज अर्याललगायतले सञ्चार जगतले विकासका लागि उत्प्रेरणाको काम गर्नुपर्नेमा जोड दिनुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्