११ असार २०८३, बिहीबार

रुखको टोड्कोमा गाईको टाउको अड्किएपछि

रुखको टोड्कोमा गाईको टाउको अड्किएपछि

काठमाडौं, १ मंसिर — बेलायतको समरसेटमा एउटा गाईको टाउको रुखको टोड्कोमा अड्किएपछि वरिपरिका तीन शहरका पशुविशेषज्ञले बल्लतल्ल उद्धार गर्न सफल भएका छन् । 

विल्लो नामक रुखको टोड्कोमा टाउको छिराएपछि त्यहीँ अड्किएको गाईलाई बचाउन किसानले गुहार मागेका थिए । 

उद्धार अधिकृत माइक रेन्शले भने, ‘आफ्नो दुई वर्षीया गाईको टाउको रुखको टोड्कोमा मज्जैले फसेपछि किसानले हामीलाई बोलाए । गाईहरू चिलाएपछि कन्याउनका लागि रुखमा मडारिन्छन् तर यो गाईले चाहिँ आफ्नो टाउको

अलि बढी नै घुसाएर अड्काएछ । अन्ततोगत्वा हामीले गाईको छातीमा रहेको प्लेटलाई हल्का गरी हिर्काएर तर्सायौं र टाउको बाहिर निकाल्न प्रेरित ग–यौं ।’

‘गाईलाई मुक्त गर्दा कुनै हानि पुगेको थिएन । त्यस विधिले काम नगरेको भए हाइड्रलिक सेपरेटिङ इक्विप्मेन्ट प्रयोग गर्ने सोच थियो । यो घटना म वर्षौंसम्म सम्झिरहनेछु, साँच्चै अविश्वसनीय दृश्य थियो,’ रेन्शले थपे । 

द डेली मेलबाट
 

salt training

कमेन्ट गर्नुहोस्