
काठमाडौं, १ मंसिर - पर्वतमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना भन्दा बढी घाइते भएको पर्वत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको उद्धार भइरहेको छ ।
पन्चासेबाट कुस्मा फर्किंदै गरेको गाडि कास्की र पर्वतको सिमानामा दुर्घटनामा परेको पर्वतका डिएसपी दिलीप घिमिरेले जनकारी दिए । घाइतेहरुको उद्धार भइरहेको र उपचार भइरहेको उनले बताए । दुर्घटनामा के कति क्षति भयो भन्ने विवरण अझै खुल्न नसकेको उनले बताए ।
गाडि सडकबाट एक सय फिट भन्दा तल खसेको उनले बताए । पन्चासेको मेला भरेर यात्रु लिएर कुस्मा जाँदै गरेको ध १ ख ८७ नम्बरको बस दुर्घटनामा परेको उनले जानकारी दिए ।