२२ असार २०८३, सोमबार

'कर्णाली भूकम्पको उच्च जोखिममा'

माघ २, २०८१
सुर्खेत
'कर्णाली भूकम्पको उच्च जोखिममा'

 कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको बताएका छन् ।

‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारले आज वीरेन्द्रनगरमा २७औँं भूकम्प सुरक्षा दिवस–२०८१ आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विभिन्न तथ्याङ्कले कर्णाली प्रदेश भूकम्पीय उच्च जोखिममा रहेको बताएका हुन् ।

“विपद् प्रतिकार्यको तयारीमा सरकार निरन्तर लागि परेको छ,” उनले भने, “यसबाट जोगिन हरेक सरोकारवालाको जिम्मेवारी उत्तिकै छ ।”

जाजरकोट भूकम्पका प्रभावितको पुनःनिर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ५० करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए । 

मुख्यमन्त्री कँडेलले विकास साझेदारहरु एक्लाएक्लै हिँड्न रमाउने गरेको टिप्पणी गर्दै सरकारसँगै हिँड्न सुझाए । सो कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले कर्णाली भूकम्पको उच्च जोखिममा भएकाले सधैँ सतर्क रहनुपर्ने  बताए । 

salt training

कमेन्ट गर्नुहोस्