२६ असार २०८३, शुक्रबार

जिम्बाबेमा अझै तनाव बढ्ने संकेत, मुगाबेविरुद्ध सडक प्रदर्शन

जिम्बाबेमा अझै तनाव बढ्ने संकेत, मुगाबेविरुद्ध सडक प्रदर्शन

हरारे, २ मङ्सिर–जिम्बाबेका प्रभावशाली पूर्व सैनिकहरूकोे संस्थाले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्धमा सडक प्रदर्शनमा उत्रिन  आह्वान गरेको छ ।

क्रिस्टोफर मुत्सभाङगाले पत्रकार सम्मेलनमा भने, ‘मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अव बाँकी रहने छैन ।’

उनले हरारेमा मुगाबे विरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले सहभागी हुन आह्वान गरे । ‘सैनिक अधिकारीहरुले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गरेका छन्, यो सफल अभियान हो तर अव सकियो,’ उनले भने, ‘हामीले हाम्रो पुरानो गौरब भोलि पनि फर्काउन चाहन्छौं, जव सेनाले सुरु गरेको छ, हाम्रो काम सकिएको छ ।’

मुगाबेका बारेमा अब पछिफर्केर केही गर्नु नपर्ने उनको भनाई छ ।

सेनाले शासन हातमा लिएपछि मुगाबे पहिलो पटक शुक्रबार विश्वविद्यालयको दिक्षान्त समारोहमा देखिएका छन् । मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको दावी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्