
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले बिहीबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
काठमाडौं जिल्ला अदालतको आदेशले उनी हाल मुद्दा पुर्पक्षको क्रममा कारागारमा छन् ।