२६ जेठ २०८३, मंगलबार

कजारिया रमेश टायल्स लिमिटेड द्वारा पार्टनर्स मिट आयोजना

माघ ३, २०८१
काठमाडौं
कजारिया रमेश टायल्स लिमिटेड द्वारा पार्टनर्स मिट आयोजना

कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंमा आफ्नो डिलर्स मीट आयोजना गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। 

यस विशेष कार्यक्रममा नेपालभरिबाट १०० भन्दा बढी डिलरहरूको सहभागिता थियो। कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इण्डियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले  डिलरहरूसँग सम्वाद गरे ।

साथै, डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने योजना रहेको उनीहरूले सुनाए । 

कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्स लिमिटेडको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०X६० सीएम सिरेमिक वाल टायलको भव्य सार्वजनिक प्रदर्शन थियो। आधुनिक प्रविधिले बनेको यस टायलले उत्कृष्ट डिजाइन र मजबुतिको उदाहरण प्रस्तुत गरेको छ। नेपालमा पहिलो पटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्स लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिश डिजाइनहरू ल्याउँदै छ।

कजारिया रमेश टायल्स लिमिटेडले डिलरहरूका लागि अर्डर बुकिङ योजना शुरू गरेको छ, जसमा अर्डर गर्ने डिलरहरूलाई सुन र चाँदीका पुरस्कार दिइनेछ। कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विदेश यात्रा योजनाका विजेता पनि घोषणा गरेको छ । जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापानको, १३ जना डिलरलाई थाइल्याण्डको र ६ जना डिलरलाई सिंगापुरका लागि  टिकट वितरण गरिएको छ ।

यस कार्यक्रमले कजारिया रमेश टायल्स लिमिटेडका लागि डिलर नेटवर्कलाई अझ मजबुत बनाउन र नेपालमा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई बलियो बनाउने नयाँ अध्यायको शुरूआत गरेको कम्पनीले जनाएको छ । 

कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र कजारिया सिरेमिक्सको संयुक्त उपक्रमले, नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल फ्याक्ट्री निर्माण गर्दैछ । जसमा ४०० करोडको लगानी गरिएको छ । यो फ्याक्ट्रीमा स्थानीय सामग्रीहरूको प्रयोग गरी वार्षिक ८० लाख वर्ग मिटर टायल उत्पादन गरिनेछ । यसले नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने, अर्थतन्त्रलाई विकास गर्ने, हजारौं रोजगारको अवसर सिर्जना गर्ने र विश्वस्तरीय टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्