१५ असार २०८३, सोमबार

निजामती सेवा ऐन जारी गर्ने यो उपयुक्त समय हो, अहिले नभए अलपत्र पर्छ : मन्त्री गुप्ता

माघ ३, २०८१
काठमाडौं
निजामती सेवा ऐन जारी गर्ने यो उपयुक्त समय हो, अहिले नभए अलपत्र पर्छ : मन्त्री गुप्ता

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवा ऐन पारित गर्ने यो उपयुक्त समय भएको बताएका छन् । 

हालै सरुवा भइ आएका सचिव रविलाल पन्थलाई मन्त्रालयमा स्वागत गर्दै मन्त्री गुप्ताले देशकै चासोका रूपमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय, २०८०’ संसद्‌बाट पारित गर्ने उपयुक्त अवसर भएको बताएका हुन् । 

आउँदो संसद् अधिवेशनबाट यो विधेयक पारित गराउने कार्यमा आफू अत्यन्तै क्रियाशील रहेको जानकारी दिँदै उनले भने, ‘निजामती सेवा सम्बन्धीको यो विधेयक आउँदो अधिवेशनमा प्रवेश र पारित हुन्छ । देशको पहिलो र दोस्रो शक्ति मिलेर बनेको सरकारले पनि पारित गरेन भने यो विधेयक अलपत्र पर्छ ।’ 

यो विधेयक अहिले पारित नभए कहिले आउँछ र पारित हुन्छ कुनै ठेगान नहुने मन्त्री गुप्ताको भनाइ छ ।

निजामती सेवा ऐन बनाउनु संविधान बनाउनुजस्तै ठूलो काम भएको चर्चा गर्दै उनले ऐन जारी गर्नका लागि सबैको रचनात्मक सहयोग आवश्यक रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्