२४ जेठ २०८३, आइतबार

सिन्धुलीमा माइक्रो बस दुर्घटना  : एक जनाको मृत्यु, १३ जना घाइते

माघ ४, २०८१
काठमाडौं
सिन्धुलीमा माइक्रो बस दुर्घटना  : एक जनाको मृत्यु, १३ जना घाइते

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको माइक्रो बस बिहीबार साँझ सुनकोशी गाउँपालिका-६ कानढुंग्रेस्थित सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका-१० घर भएका ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए। 

उनको उपचारका क्रममा गएराति काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । घाइते १३ जनामध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको डीएसपी खड्काले बताए । त्यसमध्ये दुई  जना घाइतेलाई धुलिखेल अस्पतालबाट राति नै काठमाडौंको ट्रमा सेन्टर पुर्‍याइएको छ । 

माइक्रोबसका चालक  ३२ वर्षीय सञ्जय कुमार महतोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको  छ। माइक्रोको टायर पञ्चर भई डिभाइडरमा ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये पाँच जनाको धुलिखेल अस्पतालमा र दुई जनाको ललितपुरस्थित बीएन्डबी उपचार भइरहेको छ । सुनकोशी अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने बाँकी दुई जना डिस्चार्ज भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्