२५ जेठ २०८३, सोमबार

नक्कली प्रमाणपत्रको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक यादवविरुद्ध मुद्दा दायर

माघ ४, २०८१
काठमाडौं
नक्कली प्रमाणपत्रको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक यादवविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक छानबिनका लागि उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एन्ड एलाईड साईन्सेज (पीयूसीएमएएस)मा मुख्य सहायक कम्प्युटर पदमा अस्थायी नियुक्ति तथा पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट, विराटनगर (पीयूएसओएम)मा स्थायी नियुक्तिका लागि नक्कली प्रमाणपत्र पेश गरेको पुष्टि भएको थियो ।

आयोगका अनुसार उनले भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीवीएसई)अन्तर्गत महाराजा अग्रसेन पब्लिक स्कूल अशोक विहार न्यू दिल्लीबाट जारी भएको देखिएको प्रवीणता प्रमाणपत्र वा सो सरहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मुख्य सहायक (कम्प्युटर) पदको सेवा, सुविधा उपभोग गरेको पुष्टि भएको थियो ।

आयोगले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्