![कहिले बन्ला बीपी राजमार्ग ? [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/BP_Highway_Flood_Damaged-4_ykjhLlH55A.jpg)
गत असोज दोश्रो साता आएको बाढीपहिराले क्षेति पुर्याएको बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास)को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नु परेको छ ।

रोशीखोलाको बाढीले राजमार्गमा क्षेति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे भएकाले यात्रुहरूले सास्ती भोग्नु परेको हो ।
क्षतिग्रस्त राजमार्ग कहिलेसम्म बन्छ अहिल्यै भन्न सकिने अवस्था छैन । अझै केही समय कच्ची सडकमा नै यात्रा गर्नु पर्ने देखिन्छ ।
राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान छ । तर, पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य शुरू गरिएको थियो ।

खण्डखण्ड विभाजनगरी २०७२ असार १८ गते निर्माण सम्पन्नगरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।












तस्वीर : नेपाल फोटो लाइब्रेरी ।