१० असार २०८३, बुधबार

मन्त्री निवास भैँसेपाटीसहित ललितपुरका आठ ठाउँमा खानेपानी आपूर्तिको प्रक्रिया शुरू

माघ ५, २०८१
काठमाडौं
मन्त्री निवास भैँसेपाटीसहित ललितपुरका आठ ठाउँमा खानेपानी आपूर्तिको प्रक्रिया शुरू

ललितपुरको भैँसेपाटीस्थित सङ्घीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया शुरू भएको छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुरका विभिन्न स्थानमा खानेपानी पुर्‍याउन बोलपत्रसहितको प्रक्रिया शुरू गरेको हो । 

यसअघि मन्त्री निवास भैँसेपाटीलगायत ठाउँमा खानेपानीको आपूर्ति थिएन । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्रसहित प्रक्रिया शुरू गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

ललितपुर महानगरपालिका–१८, सैंबु भैँसेपाटीमा रहेको मन्त्री निवाससहित ललितपुर महानगरपालिका–१८, मगरगाउँ,  वडा नम्बर १४, बूढामार्ग,  वडा नम्बर १५, युलेन्स स्कुल, धापाखेल,  वडा नम्बर १७, बाफल,  वडा नम्बर २६, चोखेल,  वडा नम्बर १५, शान्तिनगर माइक्रोपार्क,  वडा नम्बर ८, ९ बोजेपोखरी र बालकुमारी पुलगरी जम्मा आठ ठाउँको खानेपानी निर्माणका लागि बोलपत्र आह्वान गरिएको खानेपानी लिमिटेडले जनाएको छ ।

योजनाअन्तर्गत ती स्थानमा खानेपानी निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ । 

परियोजनाले विशेषतः सहरी र अर्ध–सहरी क्षेत्रमा खानेपानीको आपूर्ति सुधार गर्ने उद्देश्य राखेको खानेपानी लिमिटेड (केयुकेएल)का कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्