
राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले शहीदका सपना पूरा गर्न मधेशका सबै दल एकताबद्ध हुनुपर्ने बताएका छन् ।
बलिदानी दिवसका अवसरमा लहानको शहीद पार्कमा शहीदको शालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएका हुन् ।
मधेशी, थारू, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने उनको भनाइ छ ।
उनले मधेश केन्द्रित दल टुट्न नहुने बताए ।