१० असार २०८३, बुधबार

वरिष्ठ स्रष्टा गोपी मैनाली पुरस्कृत

माघ ५, २०८१
काठमाडौं
वरिष्ठ स्रष्टा गोपी मैनाली पुरस्कृत

खिलशर्म–राजीवलोचन जोशी स्मारक प्रतिष्ठानले वरिष्ठ स्रष्टा गोपी मैनालीलाई सम्मान अर्पण र पुरस्कृत गरेको छ । चार दशकदेखि कथा, निबन्ध, नियात्रा र समालोचना क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै प्रतिष्ठानले उनलाई पुरस्कृत गरेको हो । 

प्रतिष्ठानको कार्यालयमा प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तमराज जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा प्राज्ञ दिनेशराज पन्तले नेपालको प्रशासनमा जसरी गरिमाको नाम मैनालीको छ, समालोचना, निबन्ध र कथामा पनि त्यस्तै स्थान रहेको बताए । 

 प्रमुख अतिथि प्राध्यापक रमा शर्माले वरिष्ठ स्रष्टा मैनालीलाई सम्मान गर्न पाउँदा पुरस्कारको समेत सम्मान भएको उल्लेख गरिन् ।

यस्तै मैनालीले पुरस्कारले आफूलाई साहित्य सिर्जनामा झनै दायित्व थपेको बताए । 

null

 कोषराज न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ साहित्यकारहरू रोचक घिमिरे, विजय चालिसे, महेश खकुरेल, युवराज मैनाली, कलानिधि दाहाल, हरिभक्त सिग्देल महेश, नरेन्द्रराज पौडेल, कल्पना दाहाल, पवन बुढाथोकी, सच्युत भुुम्लेली लगायत ख्याति प्राप्त स्रष्टा, साहित्यसेवी, पत्रकार र पूर्व प्रशासकहरूको बाक्लो उपस्थिति थियो । 

पहिलो पटक उक्त पुरस्कार वरिष्ठ समालोचक डा ईश्वर बराललाई प्रदान गरिएको थियो भने २६औँ पुरस्कार  मैनालीलाई प्रदान गरिएको हो । उक्त पुरस्कारमा सम्मान पत्र र रु २५००० नगद समावेश छ । 

salt training

कमेन्ट गर्नुहोस्