०९ साउन २०८३, शनिबार
सहकारी ठगी प्रकरण

सुप्रिम सहकारी ठगी प्रकरणमा रविको बयान : सहकारीबाट ऋण लिने कार्यमा मेरो संलग्नता छैन [बयानसहित]

माघ ६, २०८१
काठमाडौं
सुप्रिम सहकारी ठगी प्रकरणमा रविको बयान : सहकारीबाट ऋण लिने कार्यमा मेरो संलग्नता छैन [बयानसहित]

 रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सुप्रिम सहकारी ठगी प्रकरणमा इन्कारी बयान दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार रुपन्देही जिल्ला अदालतमा दायर गरेको सहकारी ठगीसम्बन्धी अभियोगपत्रमा उल्लेखित बयानमा लामिछानेले सहकारीबाट ऋण लिने कार्यमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । 

‘सहकारीबाट ऋण लिने सम्पुर्ण कार्यमा मेरो संलग्नता छैन भनेर संसदीय छानविन समितिले स्पष्ट पारी सकेपछि सहकारीसँगको मेरो संलग्नता काहीँकतै छैन’, रविको बयानमा उल्लेख छ । 

यस्तै उनले सुप्रिमलगायत कुनै पनि सहकारीले आफूलाई ऋण तिर्नेबारे पत्र, जानकारी, ताकेता, सूचना गरेको कहीँ कतै अभिलेख नरहेको उल्लेख गर्दै गोर्खा मिडियाले संस्थागत रूपमा र आफूले व्यक्ति र संस्थागत रुपमा कुनै ऋण नमागेको पनि उल्लेख गरेका छन् । 

आइतबार पूरक अभियोजन अन्तर्गत रवि लामिछाने, पूर्वडीआइजी  छविलाल जोशीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए । 

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । 

salt training

कमेन्ट गर्नुहोस्