
वन विकास, संरक्षण र संवर्धन गर्न स्थापना गरिएको वन विकास कोषमा जम्मा भएको रकम कार्यविधि नहुँदा बैङ्कमै थुप्रिएको छ । विगत चार वर्षदेखि गत असार मसान्तसम्म कोषमा कुल दुई अर्ब ३४ करोड २१ लाख रुपियाँ खर्च नभएरै जम्मा भएको हो ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव दीपक ज्ञवालीले वन विकास कोषमा जम्मा भएको कुल दुई अर्ब ३४ करोड २१ लाख रुपियाँ कार्यविधि नहुँदा खर्च नभएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।