
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल कार्यालयमा फर्केका छन्, जहाँ उनले थप कार्यकारी आदेशमा हस्ताक्षर गरिरहेका छन् । ट्रम्पले दक्षिणी सिमानामा 'राष्ट्रिय आपतकाल' घोषणा गर्ने दस्तावेजमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले दक्षिणी सिमानाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । जसले सीमा पर्खाल निर्माणका लागि सशस्त्र बल तैनाथ गर्न अनुमति दिन्छ।
ट्रम्पले आप्रवासनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसले आप्रवासन नियन्त्रणलाई कडा बनाउनेछ ।
ट्रम्पले पुटिनसँग भेट्ने बताएका छन् । उनी युक्रेन युद्ध अन्त्य गर्न चाहन्छन् । राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने प्रक्रिया शुरू भइसकेको र कुराकानीको व्यवस्था भइरहेको बताए।
उम्मेदवारका रूपमा उनले पद सम्हालेको २४ घण्टाभित्र युक्रेन युद्ध समाप्त गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले अझै आधा दिन बाँकी रहेको बताए।
ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमाथि फेब्रुअरी १ देखि नयाँ शुल्क लगाउने घोषणा गरेका छन् । अमेरिका छिमेकीहरूबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाउने सोचमा रहेको बताए।
उनले जन्मसिद्ध नागरिकता समाप्त गर्ने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन् ।
ट्रम्पले जनवरी ६ का हिंस्रक प्रदर्शनकारीलाई सामूहिक क्षमादान दिएका छन् । ट्रम्पले यूएस क्यापिटल हिंसामा संलग्न १५०० जनालाई सामूहिक माफी दिएका हुन् ।