०८ साउन २०८३, शुक्रबार

मुलुकमा विकासको बाधक नै संघीयता हो : चित्रबहादुर केसी

माघ ८, २०८१
बुटवल
मुलुकमा विकासको बाधक नै संघीयता हो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कै कारण मुलुक अस्तव्यस्त बनेको बताएका छन् ।

मंगलबार बुटवलमा 'संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन'को घोषणा कार्यक्रममा उनले मुलुक संघीयता कै कारण दयनीय अवस्थामा पुगेको बताए ।

मुलुकको विकासका लागि प्रदेश संरचना फाले मात्रै पुग्ने उनको भनाइ छ ।

'अहिले संविधान संशोधनको विषय चर्चामा छ । संविधान संशोधन गर्दा प्रदेश संरचना मात्रै फाले पुग्छ,' उनले भने ।

राष्ट्रिय जनमोर्चाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर आगामी चैतमा 'संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन'को घोषणा गरेको हो ।

साथै आन्दोलनलाई सफल बनाउन रुपन्देही जिल्ला समितिले विभिन्न तयारीका कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्