१० असार २०८३, बुधबार

कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता

माघ ८, २०८१
काठमाडौं
कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता

गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् । 

जोङग्यले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र परराष्ट्र सचिवलगायत उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरी द्विपक्षीय सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल गरेका हुन् ।

विशेष दूतको यो नेपाल भ्रमण विगत ५० वर्षको मैत्रीपूर्ण सम्बन्धलाई मध्यनजर गर्दै आगामी ५० वर्षको सम्बन्ध विस्तारका लागि आवश्यक योजना तजुर्मा गर्नु रहेको यहाँस्थित कोरियाली दूतावासले जनाएको छ । 

गतवर्ष कोरिया र नेपालबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घ महासभामा दुई देशका परराष्ट्र मन्त्रीको बैठक आयोजना भएको थियो । 

सन् १९७४ मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखिनै कोरिया र नेपालबीच विगत ५० वर्षदेखि जनस्तरको घनिष्ठसम्बन्ध रहँदै आएको छ । दुई देशले विगतमा अर्थतन्त्र, रोजगारी र पर्यटनलगायत विभिन्न क्षेत्रमा अत्यन्त महत्त्वपूर्णसम्बन्ध स्थापित गरेको बारेमा छलफलका क्रममा उल्लेख भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्