०९ असार २०८३, मंगलबार

बाँकेमा २० प्रजातिका चरा भेटिए

माघ १०, २०८१
बाँके
बाँकेमा २० प्रजातिका चरा भेटिए

बाँकेमा २० प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । 

चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चराका प्रजातिमा भेटिएको चराविज्ञ राम शाहीले बताए । 'ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको छ,' उनले भने । 
त्यसबाहेक तालतलैयाका क्षेत्रमा वनभोजस्थल हुँदा ध्वनि प्रदूषणले पनि चराको बासस्थान सङ्कटमा परेको उनको भनाइ छ । खडखडे, सिलसिले हाँसलगायत जलचर चरा सर्वेक्षणका क्रममा भेटिएका छन् । 

बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको चरा सर्वेक्षण तथा गणनाबाट बाँकेमा दुई सय ७६ चरा भेटिएका छन् । 

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले दुई दिनको अवधिमा चराविज्ञ जोशीसहितको टोलीले सर्वेक्षण गरेको बताए । 

उनले राप्ती नदीको आसपास क्षेत्र, स्थानीय वन, कान्ति ताल र सुतैया तालमा विभिन्न प्रजातिका चरा भेटिएका र उनीहरूको बासस्थान सुरक्षित रहेको पाइएको बताए। 

बर्सेनि हुने चराको सर्वेक्षण तथा गणनाबाट चराको बासस्थानमा व्यवस्थापनका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। 

salt training

कमेन्ट गर्नुहोस्