०५ असार २०८३, शुक्रबार

हिउँ चितुवाको अखेटोपहारसहित दुई जना पक्राउ

माघ १०, २०८१
चितवन
हिउँ चितुवाको अखेटोपहारसहित दुई जना पक्राउ

संरक्षित वन्यजन्तु हिउँ चितुवाको अखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई भरतपुर महानगपालिका–१० बाट पक्राउ गरेको हो । 

अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको छ । उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम कारबाही हुने सूचना अधिकारी थापामगरले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्