![यी हुन् महाराष्ट्र रेल दुर्घटनामा ज्यान गुमाउने चार नेपाली [नामसहित]](https://lktcdn2.prixacdn.net/media/train_EDG5nXzjTH.webp)
भारतको महाराष्ट्रमा भएको पुष्पक एक्सप्रेस रेल दुर्घटनामा हालसम्म चार नेपालीको ज्यान गएको पुष्टि भएको छ ।
ज्यान गुमाउनेमा ४३ वर्षीय कमला भण्डारी, ४० वर्षका लच्छीराम पाशी, १० वर्षका हिमु विश्वकर्मा, ६० वर्षीया जवकला भाट र ११ वर्षका इम्तियाज अलि रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
समाचारमा जनाइएअनुसार बुधबार करिब ५ बजे जलगांवमा पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएको थियो । त्यसपछि हतारिएर यात्रीहरू झ्यालबाट हाम फालेका थिए ।
पुष्पक एक्सप्रेसका यात्रुहरूलाई कर्नाटक एक्सप्रेसले किचेर ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।
दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
केही गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भैरहेको समाचारमा उल्लेख छ ।