काठमाडौँ, ५ पुस- सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन्, आजको नेपाल समाचारपत्रले खबर छापेको छ |

राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उनलाई ५ वर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो। विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले गत बिहीबार आफ्ना सहयोगीमार्फत राहदानी फिर्ता गरेका हुन्।