१५ असार २०८३, सोमबार

कांग्रेसमा २०८४ को चुनावपछि मात्रै १५ औं महाधिवेशन गर्न माग

माघ १८, २०८१
काठमाडौं
कांग्रेसमा २०८४ को चुनावपछि मात्रै १५ औं महाधिवेशन गर्न माग

नेपाली कांग्रेसमा १५ औं महाधिवेशन २०८४ को चुनावपछि मात्रै गर्न नेता र सांसदहरूले माग गरेका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा सबै नेताहरूले चुनावको मुखमा महाधिवेशन गर्न नहुने भन्दै निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने माग गरेका हुन् ।

बैठकमा डा. शशांक कोइराला, डा. नारायण खड्का, ईश्वरी न्यौपानेसहितका नेताले २०८४ को निर्वाचनपछि मात्रै १५ औं महाधिवेशन गर्न सुझाव दिएका थिए । १५ औं महाधिवेशनको अन्योल भइरहेका बेला कांग्रेसमा यस्तो आवाज उठेको हो । 

‘महाधिवेशनको रापतापपछि चुनावमा जाँदा पार्टी कमजोर हुने भएकोले निर्वाचनपछि महाधिवेशन गरौं भन्ने सांसदहरूको प्रस्ताव छ,’ सांसद रामहरि खतिवडाले भने ।

साथै कांग्रेस बैठकमा संघको चुनाव अगाडि नै स्थानीय तहको निर्वाचन गर्न पनि माग भएको जानकारी खतिवडाले दिए ।

‘स्थानीय तहमा टिकट नपाएपछि असन्तुष्ट हुने र पार्टीलाई नै असहयोग गर्ने अभ्यास कांग्रेसमा मात्रै होइन सबै पार्टीमा समस्याको रूपमा रहेको छ । यसैले सबै पार्टीको समस्या समाधानको लागि पनि पहिले संघको चुनाव गरेर पछि स्थानीय तहको चुनाव गर्नु उपयुक्त हुने सुझाव दिएका छौं,’ खतिवडाले भने, ‘संविधान संशोधनको पहल भइरहेकाले यो विषयलाई पनि मिलाउ भनेर सांसदले आवाज उठाएका हौं ।’

salt training

कमेन्ट गर्नुहोस्