११ असार २०८३, बिहीबार

टर्दै स्थानीय चुनाव

कात्तिक २०, २०७४
टर्दै स्थानीय चुनाव
काठमाडौँ, ५ माघ - राजनीतिक समझदारी र प्राविधिक तयारी हुन नसक्दा स्थानीय तहको निर्वाचनको सम्भावना टर्दै गएको छ । प्रमुख दलका नेताहरूले सार्वजनिक रूपमा स्थानीय निर्वाचनको कुरा गरे पनि भित्रभित्रै संघीय संसद्कै चुनावमा जानुपर्ने मनस्थिति बनाउन थालेका छन भने सम्बन्धित विधेयकहरू पारित हुन नसक्दा प्राविधिक काम पनि अगाडि बढ्न सकेका छैनन्, आजको कान्तिपुरले खबर छापेको छ ।

चुनावका लागि राजनीतिक तत्परता मात्र नभई प्राविधिक तयारी पनि शून्यकै अवस्थामा छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवका अनुसार माघ १५ भित्र आवश्यक कानुन दिए जेठ १५ सम्म निर्वाचन सम्भव छ । सरकार भने द्रुत मार्गबाट कानुन पारित गरेर तत्काल निर्वाचन मिति घोषणा गर्नेतिर लागेको देखिन्न ।

salt training

कमेन्ट गर्नुहोस्