०९ असार २०८३, मंगलबार

नयाँ अभियान थाल्दा सरकारबाट हटाइयो : प्रचण्ड

माघ १९, २०८१
चितवन
नयाँ अभियान थाल्दा सरकारबाट हटाइयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू नेतृत्वको सरकारले अघि बढाएको नयाँ अभियानकै कारण आफूलाई सरकारबाट हटाइएको बताएका छन् । आफ्नो १८ महिनाको कार्यकालमा नयाँ योजनाहरूको थालनी गरेकाले त्यसबाट डराएकाहरूले सत्ता परिवर्तन गरेका उनको दाबी छ ।

नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर शुरू भएको बताएका हुन् ।

'मैले सरकारमा रहेर नयाँ अभियानको थालनी गरेँ, जुन जनताको पक्षमा थियो। यही कारणले केही शक्तिहरू डराए र मलाई हटाउने खेलमा लागे। तर, जनताले सबै कुरा प्रस्ट रूपमा बुझेका छन्,' उनले भने ।

उनले आफ्नो कार्यकालमा भएका उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । साथै, सरकारले लिएको नीतिहरू जनहितका लागि आवश्यक रहेको उल्लेख गर्दै, आगामी दिनमा अझ मजबुतीका साथ अघि बढ्ने बताए।

जनताले सरकार परिवर्तनको कारण राम्रोसँग बुझेको भन्दै उनले पुनः जनताको साथ रहने विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्