१६ असार २०८३, मंगलबार

भारतको बजेट : नेपाललाई साढे १७ करोडको बस र एम्बुलेन्स अनुदान दिइने

माघ १९, २०८१
काठमाडौं
भारतको बजेट : नेपाललाई साढे १७ करोडको बस र एम्बुलेन्स अनुदान दिइने

भारत सरकारले संघीय २०२५/२६ को बजेट अन्तर्गत नेपाललाई साढे १७ करोड भारतीय रुपैयाँ बराबरको बस तथा एम्बुलेन्स सहायता प्रदान गर्ने भएको छ । 

शनिवार सार्वजनिक गरिएको बजेट वक्तव्यमा विभिन्न सरकारी अस्पताल, गैर-नाफामुखी परोपकारी संस्था तथा शैक्षिक संस्थाहरूलाई एम्बुलेन्स तथा बस अनुदानस्वरूप उपलब्ध गराउने योजना सार्वजनिक गरिएको हो ।

भारतको बजेटमा नेपालका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवा सुधार तथा शैक्षिक संस्थाहरूलाई यातायात सहज बनाउन यो सहयोग प्रदान गरिने जनाइएको छ । 

अघिल्ला वर्षहरूमा पनि भारतले नेपाललाई यस्ता सहयोग निरन्तर रूपमा उपलब्ध गराउँदै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्