०६ असार २०८३, शनिबार

ठमेलमा आगलागी, ६५ लाखको क्षति

माघ १९, २०८१
काठमाडौं
ठमेलमा आगलागी, ६५ लाखको क्षति

काठमाडौंको ठमेलस्थित एक घरमा आज बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । 

काठमाडौं महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा उनले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो ।

आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्