
भारत सरकारले आगामी आर्थिक वर्ष २०२५/२६ को बजेटमा नेपालका विपन्न समुदायलाई एलपी ग्यास चुल्हो र सिलिन्डर वितरण गर्ने योजना समेटेको छ ।
बजेट दस्तावेजअनुसार महोत्तरी- ३, प्रदेश नम्बर २ का पाँच नगरपालिका क्षेत्रका गरिब, सीमान्तकृत, तथा वञ्चित परिवारलाई सहायता प्रदान गरिनेछ ।
यस योजनाका लागि भारतले कुल ७८ लाख भारतीय रुपैयाँ अनुदान छुट्याएको छ । यसबाहेक, नेपालका लागि अन्य कुनै ठूला परियोजना तोकेर लागि छुट्टै बजेट उल्लेख गरिएको छैन ।
भारतले यस आर्थिक वर्षमा भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान जस्ता देशहरूलाई विभिन्न सहयोग प्रदान गरिरहेको भए पनि नेपालका लागि अपेक्षाकृत कम रकम विनियोजन गरेको छ ।