
लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।
प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको हो ।
स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ ।
लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएको थियो । सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ ।