०१ असार २०८३, सोमबार

आम जनता पार्टीका केन्द्रीय सचिव कौशिक माओवादी केन्द्रमा प्रवेश

माघ २१, २०८१
काठमाडौं
आम जनता पार्टीका केन्द्रीय सचिव कौशिक माओवादी केन्द्रमा प्रवेश

आम जनता पार्टी (आजपा)का केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिक नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।​

उनीसहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।

अध्यक्ष प्रचण्डले आज बिहान आफ्नो निवास खुमलटारमा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा आजपाका स्थायी समिति सदस्य एवं पर्सा इन्चार्ज कदम रसुल, व्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य सत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सञ्जीव गुप्ता, दिलीप गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरू सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतो लगायत रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशव्यापीरूपमा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गरे । उनले पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्