
मधेश केन्द्रित ८ दलीय कार्यदलको बैठक शुरू भएको छ ।
अनामनगरस्थित नागरिक उन्मुक्ति पार्टीको कार्यालयमा सोमबार दिउँसो कार्यदलको बैठक बसेको हो ।
स्रोतका अनुसार बैठकमा मधेश आन्दोलन, संघीयतासम्बन्धी मुद्दा, नागरिकता विधेयक तथा आगामी रणनीतिबारे छलफल हुनेछ ।
बैठकमा सहभागी दलहरूले मधेशको हकअधिकार सुनिश्चित गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेका छन्।