०७ असार २०८३, आइतबार

पाथीभरा केबलकार विवाद : सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल शुरू

माघ २१, २०८१
काठमाडौं
पाथीभरा केबलकार विवाद : सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल शुरू

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले सोमबारदेखि काम शुरू गरेको छ ।

यसै क्रममा वार्ता टोलीले सोमबार सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ता टोलीसँग छलफल गरेको छ । 

‘काठमाडौं उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता शुरू गरेका छौं, प्रारम्भिक छलफल भइरहेको छ’, सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले भने । 

गृह मन्त्रालयले शनिबार सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । उक्त टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेका छन् । 

गृह मन्त्रालयले वार्ता टोली गठन गरेपछि आन्दोलनरत पक्षले मुक्कुम्लुङ (पाथीभरा) संरक्षक संस्था र राजनीतिक दलसम्मिलित वार्ता सहजीकरण समिति गठन गरेको थियो ।  

आन्दोलनरत पक्षले सोमबार एक विज्ञप्तिमार्फत प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक सदस्य रहेको वार्ता टोली गठन गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्