०४ असार २०८३, बिहीबार

‘ब्रेकफेल’ भएर टिप्पर भित्तामा ठोक्कियो, एक जनाको मृत्यु

माघ २२, २०८१
सुर्खेत
‘ब्रेकफेल’ भएर टिप्पर भित्तामा ठोक्कियो, एक जनाको मृत्यु

जाजरकोटमा टिप्पर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मध्यपहाडी राजमार्गमा काम गर्ने दाङको तुलसीपुर उपमहानगर-३ बस्ने अन्दाजी ४० वर्षीय हरिप्रसाद भट्टराईको निधन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । नगर अस्पताल दल्लीमा उपचारको क्रममा उनको निधन भएको हो । 

कार्यालयका डीएसपी पुरुषोत्तम पाण्डेका अनुसार छेडागाड नगरपालिका-११ सिम्लेखोलास्थित मध्यपहाडी लोकमार्गमा छेडागाड-११ फुन्मादेखि वडाबनतर्फ गिट्टी लिएर आउँदै गरेको भे १ क १०५५ नं को टिप्पर ब्रेक फेल भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको हो । 

दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ बस्ने सन्तोष सुनार घाइते भएका छन । उनलाई नेपालगन्ज पठाइएको पाण्डेले बताए । 

यसैगरी, दैलेखको नारायण नगरपालिका-८ बस्ने सुजन रावलको मध्यपहाडी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्