२८ जेठ २०८३, बिहीबार

केन्द्रीकृत मानसिकताले प्रदेशको विकासमा समस्या भयो : मुख्यमन्त्री कार्की

माघ २२, २०८१
विराटनगर
केन्द्रीकृत मानसिकताले प्रदेशको विकासमा समस्या भयो : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र प्रशासकीय क्षेत्रमा सरकारले धेरै महत्त्वपूर्ण काम गरिरहेको बताएका छन् । 

कोशी प्रदेशसभाको सातौं वार्षिकोत्सव समारोहको आज उद्‌घाटन गर्दै उनले विगत वर्षभन्दा यस वर्ष भौतिक र वित्तीय क्षेत्रमा पनि प्रगति हासिल गरेको दाबी गरे ।

अन्य प्रदेशको तुलनामा कोशी प्रदेश सरकारको प्रशासनिक खर्च कम भएको बताउँदै मुख्यमन्त्री कार्कीले केन्द्रीकृत सोचका कारणले प्रदेश संरचनाले उचाइ प्राप्त गर्न समस्या भइरहेको टिप्पणी गरे । 

उनले प्रशासकीय, वित्तीय र राजनीतिक सङ्घीयताले मात्र प्रदेश संरचना बलियो हुने भन्दै सरकारले केही समयपछि प्रदेश राजस्व कार्यालय स्थापना गर्ने तयारी गरेको जानकारी दिए । 

लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको माध्यमबाट प्रदेशमा आर्थिक विकासको जग बसाल्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै उनले सङ्घीय सरकारले प्रदेशलाई अन्तःशुल्क वा मुख्य अभिवृद्धि करमध्ये कुनै दिएमा प्रदेश आर्थिक रूपले सबल हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्